मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले छानबिनका लागि आफू तयार रहेको र दोषी ठहरे कारवाही भोग्ने बताए । आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तिजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पारे । उनले अब कस्ता मान्छेसँग संगत गर्ने र नगर्ने भन्ने शिक्षा मिलेको बताए ।

सुन प्रकरण लगायत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोही व्यक्तिलाई छोड्न नहुने उनले बताए । उनले पदाधिकारी बैठकमा पनि आफुले छानबिन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिए । पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताए ।

फरक प्रसंगमा पुनले माओवादी नेताहरु एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गरे । सुनतस्करीमा जोडिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँगको फोटो सार्वजनिक भएपछि नेता पुनले स्पष्टिकरण दिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP