सोमबार , भाद्र १५, २०८३

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको बताइएको छ । विशेष गरी संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ।भेटवार्तामा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै नराखेकोमा असन्तुष्टि व्यक्त गरेका बताइएको छ ।
भेटवार्ता संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको छ । कोशी प्रदेशमा नयाँ सरकार गठनको र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP