शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गरेका छन् ।

शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला छलफलबीच कोशीको राजनीतिक संकट पार लगाएर सरकार बनाउने विषयमा छलफल भएको हो ।

माओवादीबाट निर्वाचित प्रदेशसभा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने गरी निकास खोज्ने विकल्पमा कुरा भएको सहभागी एक नेताले जानकारी दिए ।

सभामुख गौतमलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा कुरा मिल्न सकेको छैन । कांग्रेसले आफूले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताउँदा माओवादीको पनि दाबी छ । बैठकमा कोशी प्रदेश सरकारको लागि राप्रपासँग पनि छलफल गर्ने सहमति भएको छ ।

सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । त्यसैले राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीले प्रयास गर्ने भएका छन् ।

एमालेका नेता हिक्मतकुमार कार्कीले असार १५ को प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख खापुङले असार १७ मा ५ दिनको समयसीमा तोकेर संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

सर्वोच्चले तटस्थ भूमिकामा रहनुपर्ने सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय बदर गर्दै परमादेश जारी गरेपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि आह्वान गरेका हुन् ।

machhapuchhre bank
गठबन्धनले सभामुख गौतमको हस्ताक्षरसहित असार २१ मा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए । थापा सोही दिन मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाविपरीत सरकार गठन गरेको भन्दै एमालेका नेता कार्कीले असार २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले शुक्रवार सभामुख गौतमको हस्ताक्षरसहित बनेको थापा सरकार असंवैधानिक ठहर गर्दै नयाँ सरकार बनाउन आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 45 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP