मंगलबार , अषोज २७, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल बिजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ५ हजार २६६मतसहित पोख्रेल आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा डिला खरेल, देव गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए। उनका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३८० मत पाएका छन्। यस्तै अध्यक्षका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत पाएका छन्। तटस्थमा ६४० मत परेको छ।

अध्यक्षमा निर्वाचित भएपश्चात आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै पोख्रेलले उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गरेका छन्। पोख्रेलले दुई वर्ष एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्।

सन् २०२३–२५ को कार्यसमितिको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।

आइसिसी सदस्यहरुमा डा. भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

त्यस्तै, राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP