मंगलबार , अषोज २७, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको शनिबार हुने निर्वाचनमा अर्को दुई वर्षका लागि नेतृत्व लिने होडबाजी सुरु भएको छ । मतदानको लागि जुलाई २९ तारिख तोकिएपछि डार्विन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा एनआरएनकर्मीहरु बीच चुनावी गर्मी बढेको छ ।

८५३ जना सदस्य रहेको गैरआवासीय नेपाली संघ नर्दन टेरोट्रीमा आहिलेको चुनावको लागि सर्ब-सम्मत टिम तयार भएको छ। नर्दन टेरोट्री राज्य संयोजक देखि कार्य समिति सदस्य सम्म सबै पदमा सर्व सम्मत  उमेदवारी परेको हो। उमेदवारको ब्यक्तिगत राजनीतिक आस्था जहाँ रहे पनि यस पटक सबै टिम मिलेर NRNA राजनीतक नभई सामाजिक सस्था हो भन्ने मिठो उदाहरण अस्ट्रेलियाको नर्दन टेरोट्रीबाट दिन लागिएको बताउनु हुन्छ हाल NRNA-NT उपाध्यक्ष र अब  NRNA-NCC  उपाध्यक्ष र NRNA-NT का राज्य संयोजकको लागि उमेदवारी दिनु भएका  संजिव ढकाल (गोर्खाली)।

यसै संगै कुरा गरौ केन्द्रिय चुनावको, २०२३-२०२५ कार्यकालको लागि केन्द्रमा NCC मेम्बर मा राम धिताल सर्व-सम्मत भए संगै अब चुनाव मा होमिन लागेका छन् डार्विनका ब्यवसाही बिबेक ढकाल, उनि NCC YOUTH Member मा डिला खरेल प्यानल बाट आफ्नो उमेद्ववारी दिएका छन् । सरल तरिकाले बुज्न पर्दा नर्दन टेरोट्रीबाट चुनावी प्रतिस्प्रदामा एक मात्र नाम परेको छ बिबेक ढकाल को।

विवेक भन्छन, जुन आस्थामा रहेर आफ्नो प्यानल छाने पनि हरेक NT मा रहने नेपालीको प्रतिनिधित्व गर्दै NCC YOUTH Member मा उमेद्ववारी दिएको हुदा हरेकले मन खोलेर यो – त्यो नभनी भोट दिनु होला।  मेरा योजना काम एकदम सरल र सहज नेपाली प्रति लक्षित भएको हुदा यो पदमा सम्पूर्ण अस्ट्रेलिया मा रहने नेपाली लाइ भोट को लागि अपिल गर्दछु। अझ नर्दन टेरोट्रीले त आफ्नोपन को आनुभुति देखाइ आफ्नो ठाउको एक मात्र उमेदवारलाइ भरपुर साथ दिनु हुनेछ भन्नेमा म ढुक्क छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP