मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । राष्ट्रियसभा बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाले संशोधन सहित पारित गरेर पठाएको विधेयक पारित गरेको हो । मिटरब्याज पीडितका समस्या सम्बोधन गरी पीडकलाई कारबाही प्रयोजनका लागि विधेयक ल्याइएको हो।

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनःपारित गरेको हो।बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा सो विधेयकबारे छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

सभाको आजको पहिलो बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले विधेयक टेबुल गरेका थिए। विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो। सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ।

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP