मंगलबार , बैसाख २९, २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको करिब नौ किलो सुन छाड्न र छाड्न नमिले लिलामी गर्न राहुल महराले दबाब दिएको उल्लेख छ। तर यस विषयमा उनीसँग सामान्य सोधपुछसमेत गरिएको छैन।

अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन। गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए। त्यतिबेल भन्सार विभागले ई–सिगरेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरी चिनियाँ नागरिक लीलाई छाडिदिएको थियो। त्यसपछि उनी महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानबाट पाइएको छ। चिनियाँ नागरिक ली तीन दिनमै नेपालबाट फर्केका थिए। उनी तत्काल नेपाल आउने सम्भावना नभएको भन्दै प्रहरीले राहुलसँग सामान्य सोधपुछसमेत नगरेको हो।

तस्करीका लागि ई–सिगरेटभित्र राखेर ल्याइएको करिब नौ किलो सुन नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेतको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको थियो। यसबारेको विस्तृत खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP