मंगलबार , भाद्र १६, २०८३

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन्। संघको आइतबार सम्पन्न निर्वाचनमा सापकोटाले तीर्थ धमलालाई पराजित गर्दे आगामी (२०२३-२५) कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

सापकोटाले १ हजार ११२ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्धन्दी धमलाले ९४८ मत प्राप्त गरे । संघको महासचिवमा रुविना शर्मा विजयी भएकी छन।

नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्विरोध भए।

यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा धिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवा संयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भए।

यस्तै कार्यसमिति सदस्यहरूमा सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP