
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू बैठकमा विभिन्न १० वटा एजेन्डा तय गरिएको छ ।
कांग्रेस बैठक एक वर्षपछि बसेको हो । केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण पनि गरिएको छ । नेपाली कांग्रेसले पहिलोपटक आफ्नो केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्न हेर्ने व्यवस्था मिलाइएको छ।