शनिबार , भाद्र १३, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको  जुलाई महिनामा हुने निर्वाचनमा अर्को दुई वर्षका लागि नेतृत्व लिने होडबाजी सुरु भएको छ । मतदानको लागि जुलाई २९ तारिख तोकिएपछि डार्विन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा एनआरएनकर्मीहरु बीच चुनावी गर्मी बढेको छ ।

८५३ जना सदस्य रहेको गैरआवासीय नेपाली संघ – NT मा आहिलेको चुनावको लागि सर्ब-सम्मत टिम तयार भएको छ। नर्दन टेरोट्री राज्य संयोजक देखि कार्य समिति सदस्य सम्म सबै पदमा सर्व सम्मत  उमेदवारी परेको छ। उमेदवारको ब्यक्तिगत राजनीतिक आस्था जहाँ रहे पनि यस पटक सबै टिम मिलेर NRNA राजनीतक नभई सामाजिक सस्था हो भन्ने मिठो उदाहरण अस्ट्रेलियाको नर्दन टेरोट्रीबाट दिन लागिएको बताउनु हुन्छ हाल NRNA-NT उपाध्यक्ष र अब  NRNA-NCC  उपाध्यक्ष र NRNA-NT का राज्य संयोजकको लागि उमेदवारी दिनु भएका  संजिव ढकाल (गोर्खाली)

लामो समय देखि नेपाली समुदायको लागि केहि गरौ भन्ने हुटहुटि हुदा हुदै पनि र सस्थामा आबद्ध हुन चाहे पनि, कोहि काम गर्ने इच्छा शक्ति लिएर आउछ भने उनीहरुको लागि बाटो खुला गर्ने उदेश्यले अघिल्लो पटक को NRNA को चुनावमा आफु पछि हटेको र बिशेष गरि समुदायलाइ एक ढिक्का बनाउनको लागि पनि यो सामाजिक सस्था चलाउने टिम सर्वसम्मत हुन पर्नेमा जोड दिनु हुन्छ २०२३ ,NRNA-NT सचिव पदका उमेदवार त्रिलोचन सापकोटा।  पक्ष – बिपक्ष भएर चुनावमा होमिन भन्दा एक पक्ष पछाडी हटेर भय पनि समुदायलाई एक बनायर लैजानु बुद्धिमानी हुने तर्क वहाको छ। 

थोरै सदस्य भएको नर्दन टेरोट्री राज्यले निकै उदाहरणीय काम गरेको देख्न सकिन्छ। सम्पूर्ण उमेदवारको नाम निम्न रहेको छ।

उमेद्वारी दिने सम्पूर्ण लाइ शुभकामना संगै अब हरेक राज्यले NT बाट सामुदायिक एकबद्द्ताको पाठ सिक्न जरुरी  छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP