शनिबार , भाद्र १३, २०८३

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर अमेरिकी अनुदान सहायता परियोजना ९एमसीसी० कार्यान्वयनबारे चासो लिएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार अपरान्ह मन्त्रालयमा भएको भेटवार्तामा उनले एमसीसी कार्यान्वयनमा लिएर चासो राखेका हुन्। भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र त्यसपछि पनि अमेरिकाबाट नेपाललाई सहयोगको निरन्तरताबारे पनि कुरा भएको छ।अमेरिकी सहयोगमा बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री साउदले सहायक मन्त्री लुलाई अमेरिकाबाट प्राप्त नियमित सहयोग र कोभिड–१९ को समयमा प्राप्त विशेष सहयोगका लागि धन्यवाद पनि दिए। सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए।

भेटमा उनले अमेरिकामा ठूलो संख्यामा रहेको नेपाली समुदायले अमेरिकी अर्थतन्त्रमा पुर्‍याएको योगदान र हासिल गरेको प्रगतिको प्रशंसा गरे।दुई देशबीचको लामो मित्रवत् सम्बन्धको परिप्रेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे पनि कुरा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP