मंगलबार , भाद्र १६, २०८३

काठमाडौं : बुधबार साँझ काठमाडौं जिल्ला अदालतले वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरलाई धरौटीमा रिहा गर्न आदेश दियो।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वानएक्स बेटको प्रचार गरेको आरोपमा कलाकारहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई अदालतले ५ हजार रुपैया धरौटीमा छाड्न आदेश दिएपछि रिहा भएका हुन्।

रिहा हुनेमा बल्छी र राजु मास्टर सहित जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, पवन खतिवडा (क्याकुरी)र सरोज घिमिरे रहेका छन्।

रिहा भएपछि पवन खतिवडाले आफुहरूबाट गल्ती भएको र आइन्दा त्यस्तो नगर्ने बताए। उनले अब छिट्टै काममा फर्किने जानकारी दिए।

अलिश राईले आफ्नो कर्मले जेलसम्म पुग्नुपरेको बताए।

‘मेरो कर्म भनुँ न अब आफूले गरेको गल्तीको महसुस भयो,’ उनले हाँस्दै भने, ‘अहिले यसमा बोल्ने अवस्थामा छैन म।’

यसबाहेक अन्य कलाकारले तत्काल नबोल्ने बताएका छन्। बल्छी धुर्बेले तत्काल आफू यस विषयमा नबोल्ने र केहि दिनबाट नै कामलाई निरन्तरता दिने बताए।

सोही क्रममा सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई अदालतले १० लाख रूपैयाँ धरौटी बुझाउन अदालतले भनेको छ। उनीहरू गत जेठ ३२ गते पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP