मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ : रास्वपा सांसद तोसिमा कार्कीले आफ्नो भनाइ तोडमोड गरी मिडियाले प्रशारण गरेको भन्दै आपत्ति जनाएकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेकी सांसद कार्कीले त्यहाँ केही सञ्चारमाध्यममा प्रचण्डलगायत माओवादी पार्टीप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन्। कसैको मनोभावनामा चोट पुग्न गएको भए भन्दै क्षमा पनि मागेकी छिन्।

उनले पशुपतिमा मिडियासँगको दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त भन्ने प्रश्नहरू उठिरहेका छन्। ‘

उनको उक्त भनाइभन्दा पनि श्रद्धाञ्जलि दिन आर्यघाट पुगेर अन्तर्वार्ता दिनु नै गल्ती भएको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। मृत्युजस्तो संवेदनशील विषयमा पनि यसप्रकारको अभिव्यक्ति दिनुलाई धेरैले सांसद कार्कीलाई बुझेर पनि अबुझ भएको, मिडिया स्टन्टबाजी मात्र भएको आरोप लगाएका छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नु हुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु।’

सीता दाहाललाई आमा सम्बोधन गर्दै कार्कीले फेसबुकमा थप लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदरणीय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ। जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागि दिनुभएको योगदानलाई इतिहासले सम्झनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP