मंगलबार , अषोज २७, २०८३
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्‍यो।

दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो।

दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ।

नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन्। उनीहरूमध्ये दुई जना आमा-बुवा  र तीन जना छोराछोरी हुन्।

अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए।

पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ। यी दुबै ठाउँ अमेरिकाको टेक्सास राज्यसँग जोडिएका छन्।

‘उहाँहरूको धनी  परिवारका हुनुहुँदो रैछ। मेक्सिकोबाट घुम्न भारत आउनुभएको रहेछ। आइतबार दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौं आएको देखियो,’ भट्टराईले भने,‘हिजो लुक्ला जानुभएको थियो।’

उनीहरू हिजै लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए।

‘हिजो मौसमले साथ नदिएर आज मात्रै काठमाडौं आउन लाग्नुभएको थियो। बाटैमा दुर्घटना भयो,’ भट्टराईले भने।

मेक्सिकनहरू बुधबार दिल्ली फर्किने योजनामा थिए।

दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई रिपोर्टिङ गरिरहेको र समन्वय गरेर शव पठाउने काम गर्ने भट्टराईले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP