मंगलबार , भाद्र १६, २०८३

द आर्ट अफ लिभिङ्ग नेपाल बुटवल केन्द्रको समुदघाटन तथा गुरुपुजा र सत्सङ कार्यक्रम एक भब्य समारोहका बिच सम्पन्न भएको छ।

भवन निर्माण समितिका अध्यक्ष श्री उज्वल प्रसाद कसजुको अध्यक्षतामा र द आर्ट अफ लिभिङ नेपाल, एपेक्स का महासचिव श्री सन्दीप शाहको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका – वार्ड नम्बर ३ का अध्यक्ष , कल्याण प्रसाद पौडेल , संस्थाका जिल्ला समन्वय समितिका संयोजक, दिपेन्द्र प्रधान तथा सदस्यहरु , संस्थाका प्रशिक्षक तथा स्वयंसेवकहरु, स्थानीय क्लबका अध्यक्षहरु र स्थानीय समुदायको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले केन्द्रको स्थापनाले तनावमुक्त र हिंसा मुक्त समाजको निर्माणमा सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका बिशिस्ट अतिथि पौडेलले समाजमा शान्ति स्थापना गर्न आफु सदैब द आर्ट अफ लिभिङको साथमा रहेको बताउनु भयो।

औपचारिक कार्यक्रमको संचालन भवन निर्माण समितिका सचीव तथा द आर्ट अफ लिभिङका प्रशिक्षक मनोज सापकोटाले गर्नु भएको थियो। संस्थाका गुरु पुजा पन्डित हरुको गुरु पुजा तथा सत्सङ गायक र स्वयंसेवकहरुको भजन तथा नृत्यले कार्यक्रमलाइ थप आकर्षक बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP