मंगलबार , बैसाख २९, २०८३

सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको छलफलमा प्रमुख तीन दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा ढिलो नगर्ने र काम अघि बढाउने सहमति गरेका हुन्

‘सभापति चयनबारे प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ मैले सकेसम्म समझदारी होस् नभए अब प्रक्रिया अघि बढ्छ भनेको छुु ।’ बैठकपछि सभामुख घिमिरेले भने ।

बैठकपछि कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको जानकारी दिए । उनले सबै दलहरु संसद्‌मा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए । ‘पुरानो सहमतिअनुसार अघि बढ्न हामी तयार छौं । ’ मन्त्री गुरुङले भने ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि सभामुख घिमिरे दलहरुलाई दबाब दिन बैठक बोलाएका थिए । बैठकमा सभामुख घिमिरे संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ ?’ भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP