आइतबार , असार १, २०८२

सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने प्रतिवद्धता जनाएका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको छलफलमा प्रमुख तीन दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा ढिलो नगर्ने र काम अघि बढाउने सहमति गरेका हुन्

‘सभापति चयनबारे प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ मैले सकेसम्म समझदारी होस् नभए अब प्रक्रिया अघि बढ्छ भनेको छुु ।’ बैठकपछि सभामुख घिमिरेले भने ।

बैठकपछि कानुन तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सभापति चयनबारे सबै दलका प्रमुख सचेतकहरुसँग छलफल गरेर चाँडै प्रक्रियाअघि बढाउने सहमति भएको जानकारी दिए । उनले सबै दलहरु संसद्‌मा मिलेको सन्देश दिन सभापति चयनमा विगतको सहमतिलाई कार्यान्वयनमा जोड दिने बताए । ‘पुरानो सहमतिअनुसार अघि बढ्न हामी तयार छौं । ’ मन्त्री गुरुङले भने ।

सभापति चयन नहुँदा संसदीय समितिहरुले काम गर्न नसकेपछि सभामुख घिमिरे दलहरुलाई दबाब दिन बैठक बोलाएका थिए । बैठकमा सभामुख घिमिरे संसदीय समितिको नेतृत्व चयनमा ‘तपाईंहरूबीच कुनै समझदारी हुन्छ कि निर्वाचन प्रक्रिया अघि बढाऊँ ?’ भन्दै शीर्ष नेताहरुलाई सोधेका थिए ।समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकका छलफलहरु अगाडि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP