मंगलबार , भाद्र १६, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन निर्देशन दिएको छ। आइतबार महानगर प्रहरीको टोली बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेर जग्गाभित्र रहेका संरचना हटाउन र थप कुनै पनि संरचना नवनाउन निर्देशन दिएको हो।

सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए। उनले सार्वजनिक जग्गा संरक्षणका लागि महानगरले काम सुरु गरेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP