बिहिबार , जेठ २, २०८२

नारायणगढ–मुग्लिन सडकखण्डमा झरेको पहिरो पन्छाएपछि २७ घण्टापछि दुईतर्फी सञ्‍चालनमा आएको छ ।

मुग्लिनबाट २ किलोमिटर नारायणगढतर्फ निरन्तर पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ सञ्‍चालनमा आएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड साँझ ५ बजेदेखि सञ्‍चालनमा आएको हो ।

यसअघि विहीबार दिउँसो साढे १ बजेदेखि पहिरो झरेर सो ठाउँमा सडक अवरुद्ध भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन लागि ठेक्का पाएको अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरेको थियो ।

सो ठाउँको मुग्लिनतर्फ ६० मिटर अग्लो चट्टान काट्न सुरु गरिए पनि नसकेपछि विस्फोट गराउनुपर्ने निष्कर्ष निकालेर भारतीय दूतावासमा विस्फोटक पदार्थ ल्याउने अनुमतिका लागि फाइल पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP