मंगलबार , भाद्र १६, २०८३

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्धको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले महानगर प्रमुख साहसँग लिखित जवाफ माग गरेको हो।

प्रमुख साहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गरेकी थिइन्। उच्च अदालत पाटनले दिएको आदेश नमान्ने भन्दै प्रमुख साहले सामाजिक सञ्जालमा घोषणा गरेका थिए।

हिन्दी सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनीमाथि प्रमुख साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले महानगरको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो।

आफ्नो निर्णय रोक्न उच्च अदालत पाटनले रोक लगाएपछि प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘‘अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP