शनिबार , भाद्र १३, २०८३

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई महिनामा हुने निर्वाचनमा अर्को दुई वर्षका लागि नेतृत्व लिने होडबाजी सुरु भएको छ । जुन महिनाको २६ तारिख सम्ममा सदस्यता आवेदन दिन सकिने मिति घोषणा गरी मतदानको लागि जुलाई २९ तारिख तोकिएपछि डार्विन लगायत अष्ट्रेलियाका विभिन्न शहरमा एनआरएनकर्मीहरु बीच चुनावी गर्मी बढेको छ ।

अस्ट्रेलियाको नर्दन टेरोट्रीमा पनि चुनावी माहोल सुरु भइसकेको छ। जुन १६ तारिखको दिन NRNA-NT ले नर्दन टेरोट्रीको राजधानी डार्विनमा एक कार्यक्रमको आयोजना गरि नेपाली समुदायबाट इच्छुक ब्यक्तिले NRNA-NT मा आफ्नो उमेदवारी दिने कार्य सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्राय सबै पदमा निर्बिरोध उमेदवारी परेको थियो।

२०२३-२०२५ NRNA -AUS उपाध्यक्ष संगै NRNA-NT कोडिनेटर पदको लागि बर्तमान NT उपाध्यक्ष सन्जिव गोर्खाली ढकाल निर्बिकल्प जस्तै देखिएका छन्।  आहिले सम्म समुदायको लागि गरेको कामले गर्दा, हरेक नेपालीको साथ र सहयोग पाएकाले उनको बिपक्षमा कोहि पनि खडा हुन नचाहेको उक्त कार्यक्रममा उपस्थित सबैले जानकारी दिए। यस पटक पुरै अस्ट्रेलियालाइ नेपाली समुदायको एक्बदता र एकता नर्दन टेरोट्री बाट सुरु हुने पनि जानकारी दिए।   

संगै NRNA-NT उपाध्यक्ष मा भवानी पौडेल, महिला कोडिनेटर मा प्रियंसा नेपाल, युथ कोडिनेटरमा निरज देवकोटा, डिपुटी युथ कोडिनेटरमा निशान जोशी, र SCC मेम्बरमा क्रमश: सुमन गैरे, रबिन भुसाल, सन्तोष खाती निर्बिरोध उमेदवारी परेको थियो। NCC मेम्बर को लागि राम धिताल ले इच्छा व्यक्त गरेका थिए। 

कार्यक्रम मा बोल्दै NANT अध्यक्ष आशिष कट्टेलले उमेदवारी दिने सम्पूर्णलाई शुभकामना दिनु भएको थियो।  श्रीराम कंडेलको बिदाइ पनि उक्त अवसर पारेर गरिएको थियो।  वहा चाडैनै इन्टर स्टेट जादै हुनुहुन्छ।  कार्यक्रमको संचालन बिष्णु चापागाईंले गर्नु भएको थियो।   

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP