मंगलबार , भाद्र १६, २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमले पूर्ण क्षमतामा विमान सञ्चालनमा ल्याउन पर्ने बताएका छन् । आज (मंगलबार) भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजको मलेसिया–भैरहवा उडान शुभाराम्भ गर्दै निगमले विमानलाई घाम तपाएर राख्ने छुट नभएको बताएका हुन् ।

‘विमानलाई घाम तपाएर राख्ने छुट निगमलाई छैन । प्रचार प्रसार र बजारीकरणलाई बढाएर जहाजलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन पर्यो,’– उनले भने ।

साथै, निगममा नयाँ जाहज किन्न नदिने षड्यन्त्र भइरहेको समेत उनले बताए । निगमले तत्काल तीनवटा जहाज किन्ने प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । निगमसँग पर्याप्त जहाज नभएकै कारण निजी कम्पनीका विमानहरुको भाडा अत्याधिक महँगो भएको उनले बताउँदै आएका छन् । निगमले जहाज थपेर दुर्गमसम्म सहुलियतमा सेवा दिनुपर्नेमा मन्त्री किराँतीले जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP