सोमबार , भाद्र १५, २०८३

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सल्लाहकार भएर बस्न सुझाव दिएका छन्।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा अध्यक्ष नेपालले एमालेले ७० वर्षको उमेर हद हटाएकोमा कटाक्ष गर्दै ओलीलाई सल्लाहकार भएर बस्न सुझाए।

‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि!’ उनले भने, ‘७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु।’

यस्तै उनले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने प्रस्तावसमेत गरेका छन्।

उनले भने, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP