मंगलबार , बैसाख २९, २०८३

राष्ट्रिय सभा सदस्य एवं नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । राष्ट्रिय सभाको बैंठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा गौतमले एमालेले गरेको ७० वर्षे उमेर हद हटाउने निर्णयको स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले बोलाएमा खुसीसाथ एमालेमा फर्कने बताए ।

उमेर हद हटाइएको यही अवस्था रहे हामी एमालेमा जान्छौँ । म मेरा साथीहरुसहित एमालेमा फर्किन्छु’, उनले भने,‘उहाँहरुले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’

आफू पदका लागि नभएर एमालेभित्र योगदान दिनका लागि जान लागेको गौतमले बताए । आगामी ११औं महाविधेशनमा पनि ओली नै अध्यक्षको उम्मेदवार भएको उनको दाबी छ । ओलीको ठाउँमा एमालेमा अरु कोही नेता उत्पादन नभइसकेको उनले टिप्पणी गरे ।

‘यो महाधिवेशनको अवधि सकिएपछि ११औं महाधिवेशन हुन्छ । त्यसको अर्को १२औं महाधिवेशनसम्म पनि बाँचिरहनु भयो केपी ओली भने उहाँ नै हो अध्यक्ष । अर्को व्यक्ति त्यहाँ छैन,’– उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP