मंगलबार , भाद्र १६, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस चलिरहेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको अभियमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकराज पाण्डे, हज समितिका अध्यक्ष शमशेर मिँया लगायतका हाई प्रोफाइलहरु पक्राउ परिसकेका छन् । उनीहरुको बयान सकिएर गत आईतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

जाहेरीकर्ताको तर्फबाट बहस गरेका अधिवक्ता स्वागत नेपालले आरोपितहरुले नाम पोलेकाहरुको पनि बयान लिइनुपर्ने माग इजलाससमक्ष राखेका थिए । जाहेरीकर्ताले नाम पोलेको भरमा कोही मुद्दा चलेर थुनामा बस्नु पर्ने र कसैले उन्मुक्ति पाउनुले अन्याय भएको उनले बताए ।

आरोपितहरुले बयानका क्रममा नाम लिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्व सल्लाहकार डा। अजयक्रान्ति शाक्य, तत्कालीन स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बालद’ कि पन्ती नैनकला थापा, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं कांग्रेस नेतृ डा.आरजु राणा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम पोलेकाले उनीहरुको पनि बयान लिनुपर्ने अधिवक्ता नेपालले अडान लिएका हुन् ।

पक्राउ परेका हाई प्रोफाइल खाँण, रायमाझी लगायतलाई हत्कडी नलगाएकै कारण प्रमाण नष्ट गर्न सहयोग पुगेको अधिवक्ता नेपालले जिकिर लिए । ‘उहाँ (बालकृष्ण खाँण) ले केही पनि प्रमाण नष्ट गर्ने काम गरेको छैन । कसरी मोबाइल फम्र्याट भयो मलाई थाहा छैन भन्नु भएको छ । हत्कडी नलागाएको कारणले फम्र्याट भयो । प्रहरीले निकालेको विज्ञप्ति नै बालकृष्ण खाँणले ड्राफ्ट गरेको हो । हिरासतमा हुँदा उनको हातमा हत्कडी कहिले पनि थिएन,’– अधिवक्ता नेपालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP