सोमबार , भाद्र १५, २०८३

काठमाडौं / रास्वपा सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भैंसी चढेर स्वदेश फर्र्र्किएको बताएपछि संसदमा हंगामा भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी दिए । यसपछि प्रश्नोत्तर कार्यक्रमअनुसार रास्वपा सांसद खनालले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट आउँदा पोखरा विमानस्थलमा अवतरण गर्नुहोला भनेको त भैंसी चढेर आउनु परेकाे भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमा आपत्ति जनाए । उनले अमर्यादित शब्द रेकर्डबाट हटाउन माग गरे ।

यसपछि एमालेसहितका सांसदहरु उठेर विरोध जनाए । यसपछि सत्तापक्ष र प्रतिपक्षी सांसदहरुले एकअर्काविरुद्ध हुटिङको शैलीमा प्रस्तुत भए । यसपछि सभामुख देवराज घिमिरेले ‘भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिए । यसपछि सत्तापक्षका सांसदले टेबुल ठोकेर स्वागत गरे भने प्रतिपक्षी सांसद आपत्ति जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP