मंगलबार , भाद्र १६, २०८३

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका-८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP