शनिबार , भाद्र १३, २०८३

मेलबर्नको सीबीडीस्थित डिग्रभ्स स्ट्रीट क्याफेका पूर्व अपरेटरले जरिवाना र फिर्ता–भुक्तानीसम्बन्धी अदालती आदेशमार्फत ४२ हजार तिर्नुपरेको छ । फेयरवर्क अम्बुडस्म्यानले दायर गरेको मुद्धामा आइशा एण्ड उमा इन्टरप्राइजेजले कामदारमाथी कानुन अनुसारको ज्याला, सेवा सुविधा नदिएको पुष्टि भएसँगै संघीय अदालले जरिवानाको यस्तो आदेश दिएको हो ।

अदाली आदेशमा पहिले आरएमबी क्याफेको रूपमा व्यापार गर्दैआएको आयशा एन्ड उमा इन्टरप्राइजेज प्रालिलाई १५ हजार १२५ जरिवाना र १३ कामदारकोफिर्ता भुक्तानी वापत २७ हजार ५१६ सँगै सेवानिवृत्ति र व्याज समेत भुक्तान गर्न भनिएको छ । मे २०१७ र अगस्ट २०१९ बीच विभिन्न अवधिका लागि आरएमबी क्याफेमा खाना र पेय पदार्थ परिचर र कुकको रूपमा कार्यरत कामदारमाथी कानुन अनुसारको भुक्तानी नगरिएको पुष्टि भएसँगै अदालतमा फेयरवर्क अम्बुडस्म्यानले मुद्धा अघि बढाएको थियो । कामदारहरूको न्यूनतम पारिश्रमिक, साप्ताहिक र सार्वजनिक बिदाको काममा कम भुक्तानी गर्ने आइशा र उमा इन्टरप्राइजेजले १३ जना पूर्व कर्मचारीहरूलाई ३६ हजार ४७९ भुक्तानी आवश्यक रहेको , न्यायाधीश क्याथरिन साइमन्सले फैशलामा उल्लेख गर्नुभएको छ । अझै ४ जना कामदारमाथी ४ हजार डलरको भुक्तानी बाँकी रहेको जनाइएको छ ।

फेयरवर्क अम्बुडस्म्यानले सान्ड्रा पार्करले श्रमिकलाई कानुन अनुसारको तलब सेवा सुविधा नदिने व्यवसायी, निर्देशकसँगै अपरेटरलाई सचेत गराउँदै सच्चिन सचेत गराउनुभएको छ । कानुन मिच्ने र श्रम शोषण गर्नेमाथी अदातलमार्फत दण्डित गराईने चेतावनी समेत पार्करले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP