मंगलबार , भाद्र १६, २०८३

काठमाडौं : संसदमा भित्तामा कुँदिएको नक्सालाई लिएर विवाद भएपछि भारतले पहिलोपटक आधिकारिक बयान दिएको छ।

नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक नक्सा कुँदिएको छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीका साथै पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ। यी नक्साहरुले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ।’

नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए।

यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो नक्साबारे प्रश्न उठाएका थिए। नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत भनिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP