शुक्रबार , बैसाख ५, २०८२

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनका जुलाई २९ मा हुने भएको छ । निर्धारित मितिमा चुनाव गराउन भन्दै एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष समेत रहनुभएका कानुनव्यवसायी टोनु घोतानेको नेतृत्वमा राष्ट्रिय निर्बाचन कमिटी र राज्यस्तरमा समेत निर्वाचन कमिटिलाई पूर्णता दिइएको हो ।

घोताने नेतृत्वको राष्ट्रिय निर्वाचन कमिटिमा राम श्रेष्ठ, निराजन गौली, डा.राजु मानन्धर, सचिन योञ्जन, माधव खरेल, डा. हेमन्त शर्मा, विनोद पौडेल, प्रदिप सुवेदी सदस्य रहनुभएको छ । यस्तै, क्वीन्सल्याण्ड राज्य निर्वाचन कमिसन संयोजकमा रितेश श्रेष्ठ, भिक्टोरियाका लागि डा.तिलक पोखरेल, साउथ अष्ट्रेलियामा कपिल पाण्डे, वेस्टर्न अष्ट्रेलियामा केदार रिजाल, ताजमानियामा रेवन्त बस्नेत, नर्दन टेरिटोरीमा दिनेश सापकोटा, न्युसाउथवेल्समा शिशिर नेपाल र अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा जिवन राणा संयोजक तोकिनुभएको छ । निर्वाचन कमिटिले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गर्दै निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव गराउनेगरि तयारी थालिएको जानकारि गराएको छ । निर्वाचन कमिटिले एनआरएनएलाई राजनीतिमुक्त संगठन बनाउने बिधानको व्यवस्थालाई बाईलज मार्फत कार्यान्वयनमा ल्याइएको जानकारि समेत गराएको छ । यो व्यवस्था लागू भएमा नेपालमा रहेका राजनीतिक दलको सदस्यता लिएका, कुनै भातृसंगठनमा आबद्ध भएकाहरुलाई एनआरएनए अष्ट्रेलियाको कार्यसमितिमा प्रवेशमाथी प्रतिबन्ध लाग्नेछ ।

एनआरएनए अष्ट्रेलियालाई गैह्र राजनीतिक सामाजिक संगठनका रुपमा विकास गर्न गहन छलफलपछि यो कदम चालिएको बताइएको छ । २०१७ देखी २०१९ सम्म एनआरएनए अष्ट्रेलियाको अध्यक्ष समेतको अनुभव हासिल गर्नुभएका ईलेक्सन कमिशनर घोतानेले निर्वाचनमा व्यक्तिगत वा समूहगत रुपमा उम्मेदवार दिन सकिने जानकारि गराउनुभएको छ । निर्वाचनलाई पूर्णरुपमा अनलाईन पद्धतीमा सम्पन्न गर्ने, भौतिक उपस्थितिमै गराउने वा मिश्रीत प्रक्रियामार्फत गराउने भन्ने बारे छलफल भैरहेको समेत घोतानेले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP