शनिबार , जेठ ४, २०८२

काठमाडौँः झुटो आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नै पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा दर्ता गरेका छन्।

‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार खोज्ने प्रयास गरेको छु,’ ढकालले मुद्दा दर्तापछि भने।

ढकालले काठमाडौँ जिल्ला अदालतमा वकिल सुमन न्यौपानेमार्फत मुद्दा दर्ता गराएका हुन्।

केही दिनअघि श्रेष्ठले आफू सांसद बन्न रास्वपाका ढकाल र उपसभापति डोलप्रसाद अर्याललाई ३ करोड रुपैयाँ बुझाएको समाचार सार्वजनिक भएको थियो।

तर उक्त समाचार झुटो भएको भन्दै श्रेष्ठले विज्ञप्ति निकालेका थिए।

विवादास्पद व्यावसायी दुर्गा प्रसाईंसँग सांसद हुन आर्थिक लेनदेन गरेको भन्दै पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निकालेको थियो। त्यसअघि उनले पार्टीले आफूलाई कारबाही गरे रकम बुझ्ने पार्टीका कोर टिमको नाम सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP