मंगलबार , अषोज २७, २०८३

डार्बिन । अष्ट्रेलियाको नर्दन टेरिटोरीका विभिन्न शहरहरुमा बसोबास गरिरहेका नेपालीहरुको राहदानी नविकरणका लागि “पासपोर्ट घुम्ति शिबिर” आयोजना हुने भएको छ । डार्बिन, क्याथरिन, एलिस स्प्रीङ, टेनन्ट क्रेक क्षेत्रमा बसोबार गर्दैआउनुभएका नेपालीहरुको सुविधाका लागि नेपाली राजदूताबास क्यानबेराले “पासपोर्ट घुम्ति शिबिर” लैजान लागेको हो ।

डार्बिनमा अगस्ट २४ देखी २६ तारेखसम्म आयोजना हुने शिबिरमा सहभागि हुनुपूर्व अनलाईन फारम भर्नुपर्ने छ । अगस्ट १० देखी २५ सम्म अनलाईन फारम भर्ने समय, जुलाई २५ देखी अगस्ट ५ सम्म एनआरएनए नर्दन टेरिटोरी मार्फत फारम र राजश्व कलेक्सनको समय तोकिएको छ । यस्तै, ६ अगस्टदेखी २० अगस्टसम्म राजश्व र राहदानीको फारम एनआरएनए नर्दन टेरिटोरी मार्फत क्यानबेरास्थित नेपाल दूतावासमा पठाईसक्नुपर्नेछ । फारम बितरणको काम भने नेपाल फेस्टिभलपछि मात्रै सुरु हुने एनआरएनए नर्दन टेरिटोरी राज्य संयोजक बिष्णु चापागाईले नेपालट्युबलाई जानकारि गराउनुभएको छ ।

एनआरएनए अष्ट्रेलियाका नर्दन टेरिटोरी राज्य संयोजक बिष्णु चापागाईले नेपाली राहदानी नविकरण गर्नुपर्नेहरुलाई यस्तो शिबिरबारे जानकारी गराउँदै समयमै सहभागिता जनाउन आह्वान गर्नुभएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत बनेर कैलाशराज पोखरेल पुगेसँगै नेपाली समूदायका लागि दूतावासले गर्नुपर्ने काम र सेवा प्रवाहलाई सहज बनाइएको छ ।

दूतावासले विभिन्न कार्यक्रमका साथै राहदानी सेवाका लागि घुम्ती शिबिर, समूदायसँग मिलेर नेपाल चिनाउने अभियानमा सक्रियता जनाइरहेको छ ।

Source @Nepal TUbe

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP