शनिबार , जेठ ४, २०८२

काठमाडौं / कांग्रेस सांसद चन्द्र भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेपालमा जलन अस्पताल निर्माणको काम थाल्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपश्चात सभामुख देवराज घिमिरेको कार्यकक्षमा भण्डारी र ओलीबीच भेटवार्ता भएको छ । सम्बोधनपछि सभामुख घिमिरेको कार्यकक्षमा बसेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुगेका थिए ।

सोही अवसरमा भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् ।
गत ३ पुसमा भएको आगलागीमा परेर स्वास्थ्यलाभ गरिरहेका भण्डारीले ओलीसँगको भेटमा भने, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच । मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ ।’

जवाफमा एमाले अध्यक्ष ओलीले भने, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’

तस्बिर : सभामुखकाे सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP