शनिबार , भाद्र १३, २०८३

चेन्नई सुपर किंग्स १० औं पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।

जहाँ चेन्नईले ले २६ मेमा अहमदाबादमा हुने क्वालिफायर-२ को विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टोलीले मंगलबार राति सकिएको क्वालिफायर-१ खेलमा अघिल्लो संस्करणको विजेता गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्यो।

गुजरातले अब क्वालिफायर-२ खेल्नुपर्ने भएको छ। उसले मुम्बई इन्डियन्स र लखनऊ सुपरजाइन्ट्सबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ।

एमए चिदम्बरम रंगशाला (चेपौक) मा गुजरातले टस जितेर बलिङ रोजेको थियो। पहिले खेलेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो। जवाफमा गुजरातका ब्याटरहरू २० ओभरमा १५७ रन बनाएर अलआउट भए।

१७३ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तेस्रो ओभरमै ऋद्धिमान साहाको विकेट गुमाएको थियो। हार्दिक पाण्ड्या नम्बर ३ मा ब्याटिङ गर्न आएका थिए। तर ७ बलमा ८ रन मात्र बनाएर उनी आउट भए। टोलीले ६ ओभरमा २ विकेट गुमाएर ४१ रन मात्र जोड्न सकेको थियो।

चेन्नईका ओपनर ऋतुराज गायकवाडले ४४ बलमा ६० र कोनवेले ३४ बलमा ४० रन बनाए। यी दुईबीच ६४ बलमा ८७ रनको साझेदारी बनेको थियो। गुजरातका लागि मोहित शर्मा र मोहम्मद शामीले २-२ विकेट लिए भने रसिद खान, दर्शन नलकन्दे र नूर अहमदले एक-एक विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP