मंगलबार , भाद्र १६, २०८३

काठमाडौँ : हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान सकिएसँगै नक्कली भुटानी शरणार्थीको पहिलो चरणको प्रहरी अनुसन्धान सकिएको छ।

यी दुवै पक्राउ परेसँगै शनिवारसम्म प्रहरी अनुसन्धानको म्याद थपिएको थियो। जेठ १० भित्र अभियोग पत्र दर्ता गर्नुपर्ने भएकाले आइतबार प्रहरीको प्रस्तावित राय-सुझाव आएसँगै जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ आरोपीबारे अभियोग पत्र तयार गर्नेछ।

पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री, सांसद, सरकारी कर्मचारीसँगै बिचौलिया समेत पक्राउ परेको यो मुद्दामा ठगीमा सङ्गठित अपराध, राज्यविरुद्धको अपराधको अभियोग लाग्न सक्छ।

भ्रष्टाचारसँगै पक्राउ आरोपीहरू सम्पत्ति शुद्दिकरणको अनुसन्धानमा समेत तानिन सक्छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाउने प्रकरणको मुख्य योजनाकार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी देखिएका छन्। यसमा केशव दुलाल र सानु भण्डारी जोडिएका छन्। अन्य ठगीका मतियार बनाइन सक्छन्।

६० दिनको अनुसन्धानको हदम्याद भन्दै पोलिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई, काँग्रेस सांसद मञ्जु खाँण, आरजु राणा देउवा, तत्कालीन गृहमन्त्री रामबहादुर थपा बादल,एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश पुन लगायतको संलग्नता यो अभियोग पत्रमा खुल्ने देखिएन।

यो प्रकरणमा फरार रहेकाहरू पक्राउपछि थप खुलेको अवस्थामा वा थप प्रमाण खुलेको अवस्थामा पूरक अभियोग पत्र लैजाने कानुनी सुविधा अनुसार अनुसन्धान भने खुला राख्ने प्रहरी र सरकारी वकिलको तयारी देखिन्छ।

अभियोग पत्रसँगै रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई सहित १६ जना पेस हुने देखिन्छ।

औपचारिक रूपमा बादलका छोरा प्रतीक थापा र इन्द्रजितका छोरा फरार रहेको सार्वजनिक भए पनि सङ्ख्या १० जति देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP