मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले सम्प्रेशित गरी समाजलाई सुसूचित गर्ने कुरामा जोड दिएको छ।

नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट कार्यक्रममा सहभागी हुन आएका वरिष्ठ पत्रकारले प्रवासको पत्रकारिताबारे चर्चा गरेका थिए।

व्यावसायिक र मर्यादित पत्रकारितामार्फत् समाजलाई सुसूचित पार्ने कुरामा यहाँ कार्यरत पत्रकारले विशेष ध्यान दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार हरिबहादुर थापाले जोड दिए।

रहरका आधारमा चलेको प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपाल न्यूज अष्ट्रेलियाले आफ्नो दसौं वर्ष पूरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताए।

उनले प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राखे।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यहाँका सञ्चारकर्मीलाई समाजले पनि सकारात्मक सहयोग गर्नुपर्ने खाँचो रहेको औंल्याए।

‘नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष समिरजंग शाहले बदलिएको सञ्चारकर्मलाई प्रवासका पत्रकारले उचित मूल्याङ्कन गरी आफ्नो मूल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिए।

उनले व्यस्त जीवनबीच थोरै समय छुट्याएर पत्रकारितालाई जिवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए।

यस्तै गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका शिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवामा मात्र नभएर नेपाली मुलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गरे।

उनले नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएकाहरू नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधारस्तम्भ भएको भन्दै सत्य तथ्य र समाजमा आधारित भएर पत्रकारितलाई निरन्तरता दिन सुझाव दिए।

कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थितिबीच बिदेसिएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको बताए।

उनले यसलाई आगानी दिनमा निरन्तरता दिनुका साथै सामाजिक दायित्वसमेत निर्वाह गर्न आग्रह गरे।

समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायउन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गरिन्।

कार्यक्रममा नेपाल न्यूज अष्ट्रेलियाको १० वर्षे यात्रा र उतारचढावबारे हेमन्तराज काफ्लेले प्रकाश पारेका थिए।

उनले एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता रहेको भन्दै अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न नसक्नुको प्रमाण नै नेपाल न्यूज अष्ट्रेलियाको १० औं वार्षिकउत्सव मनाउनु रहेको बताए।

उनले जीविकोपार्जनका लागि अन्त काम गरेर हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्टयाएको भन्दै आगामी दिनमा कमीकमजोरीलाई सुधार गरेर अगाडि बढ्ने प्रण गरे।

यस्तै नेपाल न्यूःज अष्ट्रेलियाका सम्पादक कृष्ण तिवारीअष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले सम्प्रेशित गरी समाजलाई सुसूचित गर्ने कुरामा जोड दिएको छ।

यस्तै नेपाल न्यूःज अष्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तव्य राख्दै प्रवासको नेपाली पत्रकारिताबारे प्रकाश पारेका थिए।

ले स्वागत मन्तव्य राख्दै  प्रवासको नेपाली पत्रकारिताबारे प्रकाश पारेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६

TOP