मंगलबार , अषोज २७, २०८३

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिगको चालु सिजनबाट बाहिरिएको छ।

घरेलु मैदानमा पञ्जाब किंग्ससँग दिल्ली ३१ रनले पराजित भएको थियो।

टोलीले १२ मध्ये आठौं खेलमा दिल्ली पराजित भयो। यदि उसले अर्को दुई खेल जिते पनि दिल्लीले १२ अंक मात्र जोड्न सक्नेछ, जबकि तालिकाको चौथो स्थानमा रहेको टोलीको १३ अंक छ। यस्तो अवस्थामा दिल्ली यस सिजनबाट बाहिरिएको भन्न सकिन्छ।

अरुण जेट्ली रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले पावरप्लेमा राम्रो सुरुवात गरेको थियो। दुवै ओपनरले ६९ रनको साझेदारी गरे पनि पावरप्लेपछि पञ्जाबका स्पिनरहरूले दिल्लीका ब्याटरलाई लगातार आउट गरे।

दिल्लीका रुसो ५ रन, डेभिड वार्नर ५४ रन र मनिष पाण्डे शून्य रनमा आउट भए। पञ्जावका हरप्रित बारले ४ ओभर खेल्दै ३० रन दिएर ४ विकेट लिए। दिल्लीका राहुल चहरले पनि घातक बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर मिचेल मार्सलाई ३ रन र अक्षर पटेललाई १ रनमा आउट गरे।

ब्रार-चाहरपछि नाथन एलिसले अमान खान र प्रवीण दुबेलाई १६-१६ को स्कोरमा आउट गरे।

यसअघि पञ्जाबका लागि प्रभसिमरनले १०३, साम करनले २० र सिकन्दर राजाले ११ रन बनाएका थिए।

दिल्लीका इशान्त शर्माले २ विकेट लिए। अक्षर पटेल, प्रवीण दुबे, कुलदीप यादव र मुकेश कुमारले एक एक विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP