शनिबार , बैसाख १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताए ।

सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताए ।

सोही क्रममा उनले भ्रष्टाचारको फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताएका हुन् । ‘भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उनले भने, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दाेष कोही फस्नु हुँदैन, दोषी कोही बच्नु पनि हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP