शनिबार , भाद्र १३, २०८३

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्य एक मानिने नेपाल फेष्टिभल अन्तर्गत अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा यो वर्षको नेपाल फेष्टिभललाइ पनि भब्य र सब्य बनाउन नेपाली समुदाय लागि परेको छ।  जुन १०, २०२३ मा हुन लागेको उक्त कार्यक्रमको लागि जिम्मेवारी बाडफाटको क्रम सुरु भइ सकेको छ।

 

NRNA-NT का उपाध्यक्ष एवं नेपाल फेष्टिभल २०२३ का संयोजक संजिव ढकाल भन्नु हुन्छ, जुन सफलताका साथ बिगतको नेपाल फेष्टिभल गराएका थियौ, त्यो भन्दा अझ उत्कृस्ट बनाउन सम्पूर्ण टिम लागि परेका छौ। २०२२ को महोत्सव सफल बनाउन दिनरात खट्ने ३०० स्वयमसेवकको काम र मेहेनतको उच्च मुल्यांकन गर्दै यो बर्ष अझै धेरै नेपाली लाइ समेटी, यो नेपालीको शान बढाउने कार्यक्रमलाइ अझ प्रभावकारी बनाउन लागि परेका छौ।  ढकाल नेपाल फेष्टिभल २०२२ का पनि संयोजक थिए।  

२०२२ को नेपाल फेष्टिभललाइ फर्केर हेर्दा

करिव दश हजार बढीको सहभागीता संगै भव्यताका साथ सम्पन्न भएको महत्सवको मुख्य आकर्षणको रुपमा नेपाली धरहराको प्रतिमूर्ति, नेपाल हाउस, नेपालमा पाइने चियाका परिकार चाख्न पाइने, बालबालिकाको लागि विभिन्न गतिविधि, नेपाली खानाका विभिन्न स्टलहरु रहेका थिए भने नेपाल हाउसमा राखिएको नेपाली जाँतो, मोही पार्ने मदानी, आगो बालेर पकाउने नेपाली चुलो, नेपाली अन्य घरायसी सामग्रीहरु प्रयोग गर्न सकिने हुदा पनि  प्रदर्शनमा सबैको आँखा  त्यतै गएको थियो ।

अस्ट्रेलियामा बस्दै आएका स्थानीय नागरिक साथै अन्य देशका दर्शकलाइ समेत नेपाली सस्कृति र नेपाली स्वादको खानाले बाधेर लामो समय सम्म राख्न सक्नु  महोत्सवको आर्को उपलब्धि रहेको थियो।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजनामा नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी, नेप्लीज कम्युनिटी एलिस स्प्रींग, डार्विन हर्टस फुटबल क्लब लगाएत अन्य बिभीन्न सँघसंस्थाको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा २०२२ जुन ४ शनिवारका दिन नेपाललाई झल्को दिलाउने नेपाल फेस्टीभल सम्पन्न भएको थियो।

२०२३ को जुन १० मा हुन लागेको नेपाल फेस्टिभल पनि उल्लेखनीय सहभागिताका साथ भब्य रुपमानै सम्पन्न हुनेमा ढुक्क छन् महोत्सब संयोजक संजिव ढकाल गोर्खाली। संगै सम्पूर्ण सहयोगी मन लाइ साथ र सहयोगको लागि पनि अपिल गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP