शनिबार , भाद्र १३, २०८३

ब्रिजबेन । अष्ट्रेलियाको एजकेयर क्षेत्रमा काम गर्नेहरुको तलब आगामी जुलाई १ बाट १५ प्रतिशतले बृद्धि हुने भएको छ । एजकेयर क्षेत्रमा पर्ने एआईएन, रजिष्ट्र नर्स र सहयोगी कामदारहरुको तलब १५ प्रतिशतले बृद्धि गर्न लागिएको संघीय एजकेयर मन्त्री अनिका वेल्सले जानकारि दिनुभएको हो ।

तलब बृद्धिका लागि संघीय सरकारले आगामी बजेटमा ११ विलियन डलर बढी छुट्याएको छ । अष्ट्रेलियाको एजकेयर क्षेत्रमा साँढे दुई लाख बढी कार्यरत रहेको सरकारी तथ्यांक छ । लामो समयदेखी एजकेयर क्षेत्रमा कार्यरत श्रमिकहरुले तलब र सेवा सुविधा कम भएको, लामो समयसम्म काम गर्नुपर्ने भन्दै तलब बृद्धीको माग गर्दै आएका थिए । अष्ट्रेलियाको फेयर वर्क अम्बुस्डम्यानले अस्थायी रुपमा कामदारको माग सम्बोधन गर्न भन्दै १५ प्रतिशतको तलब बृद्धिको अन्तरिम व्यवस्था लागु गराएको थियो ।

एजकेयरमा काम गर्ने धेरै नेपालीहरु समेत रहेका छन् । तपाई एजकेयरमा काम गर्दैहुनुहुन्छ र आगामी दिनमा काम गर्ने योजनामा हुनुहुन्छ भने बिधि पुर्याएर, क्षेत्रगत विज्ञता हासिल गरेर अगाडी बढ्नुहोस । सम्बेदनशिल बन्नुपर्ने क्षेत्रमा काम गर्दा सामान्य लापरबाहीले आफू र बृद्धाबृद्धालाई जोखिममा नपार्नुहोस् ।

Source:Nepal tube
Pic Source : Google / Myagedcare

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP