शुक्रबार , बैसाख ५, २०८२

ब्रिजबेन । अष्ट्रेलियाको एजकेयर क्षेत्रमा काम गर्नेहरुको तलब आगामी जुलाई १ बाट १५ प्रतिशतले बृद्धि हुने भएको छ । एजकेयर क्षेत्रमा पर्ने एआईएन, रजिष्ट्र नर्स र सहयोगी कामदारहरुको तलब १५ प्रतिशतले बृद्धि गर्न लागिएको संघीय एजकेयर मन्त्री अनिका वेल्सले जानकारि दिनुभएको हो ।

तलब बृद्धिका लागि संघीय सरकारले आगामी बजेटमा ११ विलियन डलर बढी छुट्याएको छ । अष्ट्रेलियाको एजकेयर क्षेत्रमा साँढे दुई लाख बढी कार्यरत रहेको सरकारी तथ्यांक छ । लामो समयदेखी एजकेयर क्षेत्रमा कार्यरत श्रमिकहरुले तलब र सेवा सुविधा कम भएको, लामो समयसम्म काम गर्नुपर्ने भन्दै तलब बृद्धीको माग गर्दै आएका थिए । अष्ट्रेलियाको फेयर वर्क अम्बुस्डम्यानले अस्थायी रुपमा कामदारको माग सम्बोधन गर्न भन्दै १५ प्रतिशतको तलब बृद्धिको अन्तरिम व्यवस्था लागु गराएको थियो ।

एजकेयरमा काम गर्ने धेरै नेपालीहरु समेत रहेका छन् । तपाई एजकेयरमा काम गर्दैहुनुहुन्छ र आगामी दिनमा काम गर्ने योजनामा हुनुहुन्छ भने बिधि पुर्याएर, क्षेत्रगत विज्ञता हासिल गरेर अगाडी बढ्नुहोस । सम्बेदनशिल बन्नुपर्ने क्षेत्रमा काम गर्दा सामान्य लापरबाहीले आफू र बृद्धाबृद्धालाई जोखिममा नपार्नुहोस् ।

Source:Nepal tube
Pic Source : Google / Myagedcare

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP