मंगलबार , भाद्र १६, २०८३

काठमाडौं / संखुवासभामा हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

घटनास्थलमा रहेका भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले हेलिकप्टरमै रहेका छिरिङ भोटे भने सकुशल रहेको बताएका छन् । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको वडाअध्यक्ष तामाङले बताए ।

घटनास्थलमा रहेका तामाङले हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटना भएको दिए जानकारि । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP