मंगलबार , भाद्र १६, २०८३

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै नेताहरूलाई देशको माया नभएको बताएका छन्।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा उनले ‘नयाँ-पुराना सबै नेताहरू चोर हुन्’ भन्दै कसैलाई देशको माया नभएको लेखेका छन्।

उनले लेखेका छन्ः

नयाँ, पुरानो सबै नेताहरू चोर हुन्,

कसैलाई देशको माया छैन।

पछिल्लो समय मेयर बालेनले सामाजिक सञ्जालमा विवादास्पद स्टाटस लेखिरहेका हुन्छन्।

केही समयअघि मात्र उनले सिंहदरबारप्रति रोष प्रकट गरेका थिए। सिंहदरबारले सहयोग नगरेको भन्दै महानगरले त्यहाँको फोहोर उठाएको थिएन।

यसबारे विरोध हुँदै गर्दा उनले लेखेका थिए, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुहोस् कि राजधानी सार्नुस्।’

फोहोर नउठाउने निर्णय गर्नुअघि उनले सिंहदरबारमा बस्ने नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

फोहोर उठाउन बन्द गरेको सूचना दिँदै उनले लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’

त्यस्तै गत फागुनमा उनले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको भन्दै यो देश कहिल्यै नबन्ने लेखेका थिए।

‘मेयरको पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनको स्टाटस थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP