मंगलबार , बैसाख २९, २०८३

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी (रास्वपा)ले ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरु तोकेको मुकुल ढकालले जानकारी दिए ।

कसलाई कुन ?

मुकुल ढकाललाई नीति तथा विचार विभाग र प्रशिक्षण विभाग, कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, विपिन आचार्यलाई अभियान तथा प्रचार विभाग, शिशिर खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डोलप्रसाद अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुशुम महर्जनलाई मानवीय विकास प्रवर्द्धन विभाग, विष्णु श्रेष्ठलाई केन्द्रीय आरएटी विभाग, खुश्वु सरकार श्रेष्ठलाई नेतृत्व क्षमता तथा मानव संशाधन विकास विभाग, दीपक बोहरालाई जनसम्पर्क विभाग, हरि ढकाललाई भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभाग, लिमा अधिकारीलाई आर्थिक व्यवस्थापन विभाग, डा चन्द्रा कार्कीलाई गुनासो व्यवस्थापन विभाग, डा अरनिको पाँडेलाई विकास योजना तथा नीति तर्जुमा विभाग, मनिष झालाई तथ्यांक अनुसन्धान तथा अभिलेखीकरण विभाग र सार्वजनिक लेखा समीक्षा विभाग, गणेश कार्कीलाई विधेयक मन्थन विभाग, अर्जुन अधिकारी गैरआवासीय नेपाली सम्पर्क विभाग, सोविता गौतमलाई कानुन तथा न्याय विभाग, डा. स्वर्णिम वाग्लेलाई अर्थ नीति विभाग, सुमना श्रेष्ठलाई शिक्षा विभाग र विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग, डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या विभाग र युवा तथा खेलकुद विभाग, अशोक चौधरीलाई कृषि विभाग र सहकारी विभाग, शिशिर खनाललाई पर्यटन तथा संस्कृति विभाग, विराजभक्त श्रेष्ठलाई मुद्रा तथा पुँजीबजार विभाग, गणेश पराजुलीलाई उद्योग तथा वाणिज्य विभाग, असिम शाहलाई श्रम तथा उपभोक्ता हित विभाग, शिव नेपालीलाई यातायात विभाग, निशा डाँगीलाई पूर्वाधार विकास अनुगमन विभाग, सन्तोष परियारलाई मानवअधिकार विभाग, विनिता कठायतलाई वन, वातावरण तथा प्राकृतिक स्रोत साधन विभाग र लक्ष्मी तिवारीलाई महिला तथा सामाजिक विकास विभागको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP