मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलियाको तेश्रो ठूलो शहर ब्रिजबेनमा नेपाली समूदायका लागि सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिइएको छ । क्वीन्सल्याण्ड नेपालिज कल्चरल सेन्टर (क्युएनसीसी) ले विगत लामो समयदेखी थालेको यो अभियानलाई नेपाली समूदायका अग्रजहरुले तिब्रता दिएका हुन ।

अप्रिल २९ मा ब्रिजबेन सिटीबाट करिब ३३ किलोमिटर अर्थात आधा घण्टाको दुरीमा पर्ने लोगन रिजर्भ क्षेत्रमा पुगेका पुगेका नेपाली समूदायका अग्रजहरुले नजिकै घना बस्ती र पार्क समेत रहेको ४ हेक्टर जग्गा खरिद गरेर विगतमा रोकिएको सामुदायिक भवन, मन्दिर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिने योजना बनाएका हुन । यो जग्गा किन्न १५ लाख डलर मुल्य पर्ने बताइएको छ । अहिले क्यूएनसीसीको खातामा ५ लाख डलर रहेको छ ।

एनआरएनएका केन्द्रीय सचिव समेत रहनुभएका अभिमानसिंह बस्नेतालाई यो अभियानका लागि सहयोग संकलन गर्ने जिम्मेवारी दिइएको छ । बस्नेतले अहिले १ सय ७२ सदस्यबाट ५ लाख डलर जम्मा गरिएको र अब समूदाय र सबै सरोकारवालासँग छलफल गरेर आर्थिक जोहो गरिने जानकारि दिनुभयो । ब्रिजबेनका हरेक नेपाली आफ्नो समूदायको लागि योगदान गरौँ भनेर एक हजारदेखी १५ सय डलर तिरेर सदस्य बन्ने हो भने सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने जग्गा किन्न केही दिनमा नै सम्भव हुने बस्नेतले बताउनुभयो ।

हामी अष्ट्रेलियाका विभिन्न शहर र विशेषगरि ब्रिजबेनमा बस्छौँ भने आफ्नो समुदायका लागि सकेको सहयोग गरौँ । आफ्नै सामुदायिक भवन, मठ, मन्दीर बनाएर नेपाली पन र मनको झल्को दिने अभियानलाई सफल बनाऔँ ।

तस्विर/समाचार सौजन्य : नेपाल टियुब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP