बुधबार , बैसाख ३, २०८२

अष्ट्रेलियाको तेश्रो ठूलो शहर ब्रिजबेनमा नेपाली समूदायका लागि सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिइएको छ । क्वीन्सल्याण्ड नेपालिज कल्चरल सेन्टर (क्युएनसीसी) ले विगत लामो समयदेखी थालेको यो अभियानलाई नेपाली समूदायका अग्रजहरुले तिब्रता दिएका हुन ।

अप्रिल २९ मा ब्रिजबेन सिटीबाट करिब ३३ किलोमिटर अर्थात आधा घण्टाको दुरीमा पर्ने लोगन रिजर्भ क्षेत्रमा पुगेका पुगेका नेपाली समूदायका अग्रजहरुले नजिकै घना बस्ती र पार्क समेत रहेको ४ हेक्टर जग्गा खरिद गरेर विगतमा रोकिएको सामुदायिक भवन, मन्दिर र स्तुपा बनाउने अभियानलाई तिब्रता दिने योजना बनाएका हुन । यो जग्गा किन्न १५ लाख डलर मुल्य पर्ने बताइएको छ । अहिले क्यूएनसीसीको खातामा ५ लाख डलर रहेको छ ।

एनआरएनएका केन्द्रीय सचिव समेत रहनुभएका अभिमानसिंह बस्नेतालाई यो अभियानका लागि सहयोग संकलन गर्ने जिम्मेवारी दिइएको छ । बस्नेतले अहिले १ सय ७२ सदस्यबाट ५ लाख डलर जम्मा गरिएको र अब समूदाय र सबै सरोकारवालासँग छलफल गरेर आर्थिक जोहो गरिने जानकारि दिनुभयो । ब्रिजबेनका हरेक नेपाली आफ्नो समूदायको लागि योगदान गरौँ भनेर एक हजारदेखी १५ सय डलर तिरेर सदस्य बन्ने हो भने सामुदायिक भवन, मन्दीर र स्तुपा बनाउने जग्गा किन्न केही दिनमा नै सम्भव हुने बस्नेतले बताउनुभयो ।

हामी अष्ट्रेलियाका विभिन्न शहर र विशेषगरि ब्रिजबेनमा बस्छौँ भने आफ्नो समुदायका लागि सकेको सहयोग गरौँ । आफ्नै सामुदायिक भवन, मठ, मन्दीर बनाएर नेपाली पन र मनको झल्को दिने अभियानलाई सफल बनाऔँ ।

तस्विर/समाचार सौजन्य : नेपाल टियुब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP