मंगलबार , बैसाख २९, २०८३

Darwin: सिड्नीस्थित एक जना नेपालीको घरमा नेपाली युवाहरुको हुलले तोडफोड, हुलदंगा समेत गरेको पाइएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार नेपाली युवाहरुको हुलले सिड्नीस्थित पारामाटामा रहेको नेपालीको घरमा गएको अप्रिल १७ तारेखमा तोडफोड, हुलदंगा गरेको हो ।

घरमा छिरेको समूहले घरमा रहेकी एक महिलाको हातमा चोट पुर्याएको र उपचारपछि अहिले घर फर्किएको बताइएको छ । ३७ वर्षीया एक नेपाली युवालाई पक्राउ गरेर एफ्रे मुद्धा चलाइएको छ । न्यु साउथ वेल्सको अपराध ऐन १९०० को दफा ९३ सी अनुसारको यो अभियोग पुष्टि भएमा दोषीलाई १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । मे २४ मा स्थानीय अदालतमा उपस्थित हुन निर्देशन दिइएको घटना बारे अहिले पनि न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घर तोडफोड भएका पिडितले नेपालबाट आएका एक गायकको पारिश्रमिक लिने विषयमा विवाद हुदा ती युवाहरु घरसम्मै आएर झगडा गरेको दाबी गरेका छन् । नेपालट्युबको सम्मर्कमा आएका युवाहरुको प्रतिनिधीले भने, गायकको पैसामा कुनै विवाद नरहेको दाबी गरेका छन् । त्यस्तै ती युवकले आफुहरु झगडा गर्न गएको नभई, फोन गरेर बोलाएपछि सल्लाह गर्न मात्र गएको बताए । त्यस्तै आफुहरुले कुटपिट गरेको नभई, ती घरधनीले पहिले नै चारपाच जना मान्छे बोलाएर राखेको र पहिले उनीहरुले कुटपिट सुरु गरेपछि, आफुहरु त्यहाबाट भागेको ती युवाको दाबी छ ।

@Source: NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP