शनिबार , बैसाख ६, २०८२

Darwin: सिड्नीस्थित एक जना नेपालीको घरमा नेपाली युवाहरुको हुलले तोडफोड, हुलदंगा समेत गरेको पाइएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार नेपाली युवाहरुको हुलले सिड्नीस्थित पारामाटामा रहेको नेपालीको घरमा गएको अप्रिल १७ तारेखमा तोडफोड, हुलदंगा गरेको हो ।

घरमा छिरेको समूहले घरमा रहेकी एक महिलाको हातमा चोट पुर्याएको र उपचारपछि अहिले घर फर्किएको बताइएको छ । ३७ वर्षीया एक नेपाली युवालाई पक्राउ गरेर एफ्रे मुद्धा चलाइएको छ । न्यु साउथ वेल्सको अपराध ऐन १९०० को दफा ९३ सी अनुसारको यो अभियोग पुष्टि भएमा दोषीलाई १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । मे २४ मा स्थानीय अदालतमा उपस्थित हुन निर्देशन दिइएको घटना बारे अहिले पनि न्यु साउथ वेल्स प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घर तोडफोड भएका पिडितले नेपालबाट आएका एक गायकको पारिश्रमिक लिने विषयमा विवाद हुदा ती युवाहरु घरसम्मै आएर झगडा गरेको दाबी गरेका छन् । नेपालट्युबको सम्मर्कमा आएका युवाहरुको प्रतिनिधीले भने, गायकको पैसामा कुनै विवाद नरहेको दाबी गरेका छन् । त्यस्तै ती युवकले आफुहरु झगडा गर्न गएको नभई, फोन गरेर बोलाएपछि सल्लाह गर्न मात्र गएको बताए । त्यस्तै आफुहरुले कुटपिट गरेको नभई, ती घरधनीले पहिले नै चारपाच जना मान्छे बोलाएर राखेको र पहिले उनीहरुले कुटपिट सुरु गरेपछि, आफुहरु त्यहाबाट भागेको ती युवाको दाबी छ ।

@Source: NepalTube

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP