मंगलबार , अषोज २७, २०८३

ब्रिजबेन । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्।

राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्।

राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको भेटका क्रममा नेपाल र अष्ट्रेलियाको बैंकिङ सहकार्य, रेमिट्यान्स पठाउने झण्झटिलो प्रक्रिया र शुल्कका बिषयमा छलफल भएको थियो।

वाणिज्य बैंकबीचको आपसी सहकार्य र साझेदारीका विविध विषयमासमेत छलफल भएको नेपाली राजदूतावासले जानकारी दिएको छ।

राजदूत पोखरेलले अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको बारेमा अवगत गराउँदै अष्ट्रेलियाबाट नेपाल पठाइने रेमिट्यान्सको मोडललाई सहज बनाउन गरेको आग्रहलाई अष्ट्रेलियाका गभर्नरले समेत सकारात्मक रुपमा लिएको राजदूत पोखरेलले जानकारी दिए।

भेटका क्रममा सहायक गभर्नर (बिजनेस सर्भिसेज) मिशेल म्याकफी, रिजर्भ बैंकका बैंकिङ प्रमुख माइकल प्लम्प र न्यु साउथ वेल्सका अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काको सहभागिता थियो।

राजदूत पोखरेलले हुण्डीबाट नेपाल पैसा पठाउने काम गैरकानुनी भएकोले अस्ट्रेलियामा रहेका आम नेपालीलाई बैकिङ च्यानलबाट मात्र पैसा पठाउन पुनः आग्रह गरेका छन्।

‘उताबाट विद्यार्थी आउँदा डलर लिएर आउने र यताबाट पठाएको डलर अर्कै ठाउँमा पुग्ने भएकोले हुण्डी गैरकानुनी हो’, उनले भने, ‘त्यसैले जिम्मेवार नागरिकको हैसियतले सबैले आफूले पठाएको (पैसा) डलर नेपाल पुग्ने गरी बैकिङ च्यानलबाट मात्र पठाउनुहोला।’

आफू आएदेखि यस विषयमा गम्भीर रहेको भन्दै उनले केही बैंकसँग सहजताका लागि छलफल समेत भएको बताए।

हुण्डीका विषयमा निकै गम्भीर देखिएका राजदूत पोखरेलले प्रारम्भीक रूपमा आग्रह र अनुरोध भएको भन्दै यो नरोकिए आफूहरू अन्य कदम चाल्न पनि तयार रहेको बताए।

अस्ट्रेलियामा अध्ययन गर्न आएका करिब ७० हजार नेपाली विद्यार्थीमध्ये अधिकांशले ‍हुन्डीबाटै पैसा पठाउने गरेको एक तथ्यांकले देखाउँछ।

यसरी दैनिक हजारौं विद्यार्थीले एक दुई रूपैयाँको लोभमा थाहै नपाई वा लहलहैमा लागेर लाखौं डलर नेपाल पठाइरहेका छन्। पछिल्लो समय यसबारे नेपाल सरकारले पनि चासो देखाउन थालेको छ।

बैंकबाट रेमिट्यान्स पठाउन झण्झटिलो प्रक्रिया, शुल्क बढी लाग्ने कारणले हुण्डीको कारोबार फस्टाएको पाइएको छ ।

यस्ता विभिन्न कारणले सोझा सिधा नेपाली विद्यार्थी थोरै पैसा र सजिलोको खोजीमा लाग्दा हुण्डीबाट लाखौँ लाख ठगिने गरेका छन्।

बैंकिङ प्रणाली मार्फत रेमिट्यान्सलाई सहजिकरण गरिएमा हुण्डिको कारोबारसँगै बढ्दै गरेको अवैद्य आर्थिक कारोबारको ठगी समेत रोकिने अपेक्षा गरिएको छ।

@setopati

।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP