मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत ७४ वर्षदेखि कम्युनिस्ट पार्टीविरुद्ध अनेकौँ प्रकारका प्रहार भइरहेको बताएका छन् । शनिवार पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘हामीलाई दुनियाँ लागेर घेरेर समाप्त पार्न खोजे । जन्मैदेखि कम्युनिस्ट पार्टीविरुद्ध प्रहार भए । लाठी, जेलनेल दमन र षड्यन्त्र भए । हामीले बलिदान दिनुपर्‍यो, अनेक दुःख कष्ट झेल्नुपर्‍यो’, ओलीले भने, ‘तर फेरि पनि आन्दोलन बढिरह्यो । पछिल्लोपल्ट सबैभन्दा भयानक आक्रमण २०७७ सालमा भयो । त्यो साल कम्युनिस्ट पार्टीका लागि ठुलो षड्यन्त्र प्रयोग गरेर प्रतिकृयावादीले हामीमाथि प्रहार गरेको वर्ष रह्यो ।’ २०७७ सालमा माधव नेपालसहितका नेताहरू एमालेबाट विद्रोह गरेर फरक पार्टी बनाएका थिए ।

अध्यक्ष ओलीले त्यति गर्दा पनि एमाले ठुलो पार्टी बनेको भन्दै पार्टी कुन मितिमा स्थापना भयो भनेर ठुलो नहुने बताए । उनले एमाले विचार भएको पार्टी भन्दै जस्तै खडेरीमा नसक्ने नदीका रूपमा रहेको दाबी गरे । अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्दै त्यसपछिको १० वर्षमा देशलाई विकासशील देश र गरिबी समाप्त पार्ने बताए । माओवादी केन्द्रमा गएका प्रचण्ड पनि यही पार्टीबाट गएको ओलीको भनाइ छ । ‘कहाँबाट उफ्रेका हुन् प्रचण्ड ? यही पार्टीबाट ऐझेरु पलाए जसरी पलाएको त हो नि । ६ सालमा कहाँ दुई तीनवटा पार्टी बनेका थिए र ?’, ओलीको प्रश्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP