मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रवासमा रहेका नेपालीले आगामी निर्वाचनमा मतदानको अधिकार दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टीको प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न सकेमा लाखौँ प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट वञ्चित हुनु नपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । वैदेशिक रोजगारीको सुधारको लागि सरकारले धेरै काम गरिसकेको र अझै थप काम गर्दै जाने पनि उहाँको प्रतिबद्धता थियो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई धान्न सक्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो ।

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने अवस्था सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको जिकिर थियो । पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घट्ने क्रम सुरु भएको जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP