शनिबार , बैसाख ६, २०८२

बिशेष धन्यबाद : फिरोज राना

सबिन बराल / डार्विन– हरेक दुइ वर्षमा NRNA-NT SCC, युथ फोरमले आयोजना गर्ने युथ फोरम कपको  २०२३ को खेलहरु सम्पन्न  भएको छ। ९ र १० अप्रिल गरी २ दिन चलेको उक्त खेल Bagot Oval मा सम्पन्न भएको थियो। All age group र Veteran group गरि यस पटक दुइ समुहमा खेल भएको थियो जसमा, All Age Group बाट Team WealthMax र Veteran ग्रुप बाट Stuart  Park Veteran ले जित हासिल गरेको थियो। रनर अपको उपाधि भने क्रमश: Team DADA Di र DADA Di Veteran ले हात पारेका थिय ।

खेलमा Most Valuable Player (MVP) को उपाधि अल एज ग्रुपबाट श्रवन रोका र Veteran ग्रुप बाट कुन्दन पाण्डेले जितेका थिए भने Best Defender मा  निरोज श्रेष्ठ र जितेन्द्र श्रेष्ठले आफ्नो नाम लेखाउन सफल भएका थिए। Best Goalie को अवार्ड राज सापकोटा र पुकार भण्डारीले जितेका थिए। सबै भन्दा धेरै गोल हानेर Highest goal scorer को अवार्ड भने श्रवन श्रेष्ठले ४ गोल हानी प्राप्त गरेका थिए।

Veterans – Most Valuable Player Kundan Pandey

Veterans Best defender – Jeetendra SHRESTHA

Veterans – Best goal keeper – Raj Sapkota

Highest goal scorer – Shrawan Shrestha

Best goal keeper – Pukar Bhandari

उक्त अवसरमा Kids Under 6 -12 का बालबालिका साथै NANT र NRNA -NT को शो खेल पनि भएको थियो।

NRNA-NT युथ फोरम कोडीनेटर नवराज सापकोटाले कार्यक्रम सफल भएकोले, साथ दिने सबैलाई धन्यबाद दिदै जित हासिल गर्ने टिमलाइ बधाई दिनु भएको थियो।  उक्त लीगको सम्पूर्ण मेनेजमेन्ट Darwin Hearts Football Club ले गरेको थियो भने सहायोग NANT र Mindil Football Club ले गरेका थिए। खेलका रेफ्री Timmy लाइ पनि आयोजक परिवार बिशेष धन्येबाद ज्ञापन गरेको थियो।

जित पछि पुराखबर संग कुरा गर्दै Team WealthMax का संयोजक श्याम थापा भन्नुहुन्छ, “यो जितको लागि सम्पूर्ण खेलाडीलाइ बधाई संगै धन्यबाद, नेपाली समुदायमा खेल प्रतिको यो लगाव देखेर निकै खुशी लागेको छ, उपस्थित सम्पूर्णलाइ पनि धेरै धेरै धन्यबाद दिन चाहन्छु । ”

मेहेनत गरे जित हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो Stuart Park Veteran लगातार ३ पटक सम्म दोस्रो हुदै आएको उक्त टिम आहिले भने Veteran ग्रुप अन्तर्गत पहिलो हुन सफल भएको हो। ट्रफी हात परे संगै टिम संयोजक गोबिन्द जोशी भन्नु हुन्छ, ” यसपालीको मेहेनतले रंग ल्यायो, लगातार दोस्रो हुदै आएको हाम्रो टिम यस पटक भने पहिलो भएको छ।  सम्पूर्ण टिमलाइ बधाई, यो जितले आउदा दिनमा अझै उर्जा प्रदान गरेको छ। ”

NRNA-NTअध्यक्ष बिष्णु चापागाई,  यो लीग धेरै राम्रो भएको र यस्ता खेलहरु बाट नेपाली समुदायलाई अगाडी बढाउन निकै प्रत्साहन हुने हुदा NRNA-NT  SCC आफ्नो समुदायको हित को लागि सधै आगाडी बढ्ने र बिजयी टिमलाई बधाई संगै अन्य टिमलाई सहभागिताको लागि धन्यबाद दिदै आफ्ना कुरा राख्नु भएको  थियो।

लिगमा Veteran ग्रुप बाट, Stuart Park Veteran, DADA Di Veteran र Fathers for Fun गरि तिन टिम र अल एज ग्रुप बाट, Team WealthMax, Team DADA DI, Himalaya FC, Rii-Dum र Stuart Park Boys गरि पाच टिम सहभागी भएको थियो।

बिशेष धन्यबाद : फिरोज राना 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP