मंगलबार , बैसाख २९, २०८३

सरकारले मिटरब्याज पीडितलाई न्याय दिलाउन अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ ।

पीडितको गुनासो र उजुरी लिएर तत्कालै न्यायिक कारबाही गर्न सक्ने कानुनी अधिकारसहितको बयोग गठन र यसले आइतबारसम्म पूर्णता पाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

‘प्रतिवेदन बुझाउन होइन कारबाही नै गर्ने गरी आयोग गठन भएको छ,’ उनले भने, ‘आइतबारसम्म आयोगले पूर्णता पाउँछ ।’

पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य रहनेछन् । आयोगका सबै सदस्यहरू भने टुंगिसकेको छैन् ।

सबै जिल्लामा आयोगको संरचना रहनेछ ।

संघर्ष समितिका सदस्य संघर्ष दाहालले प्रधानमन्त्रीले न्यायिक अधिकारसहितकै उच्चस्तरीय आयोग गठन गरेको जानकारी आफूहरूलाई दिएको बताए ।

समितिका संयोजक मनोज पासवानअनुसार सरकार सहमतिका लागि थप अग्रसर भएको तर अझै आन्दोलन भने रोकिने छैन । ‘वार्ता र आन्दोलन सँगसँगै अघि बढ्छ,’ उनले भने ।

संघर्ष समितिका अनुसार प्रधानमन्त्रीले पक्राउ पुर्जी जारी गरेका पीडितको विववरण पनि माग गरेका छन् ।

मिटरब्याज प्रकरणमा दोषी ठहरिएर पक्राउ पुर्जी जारी भएकाको हकमा विशेष निर्णयमार्फत न्याय दिलाउन प्रधानमन्त्रीले पीडितहरुको नामावली माग गरेको संघर्ष समिति सदस्य दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP