मंगलबार , अषोज २७, २०८३

भर्खरै सम्पन्न सफल पोखरा अन्तराष्ट्रीय म्याराथन २०२३ मा सहभागी भई फर्केका आयोजक संस्थाका अष्ट्रेलिया संयोजक चन्द्र प्रकाश गुरुगंले आज शनिवार बिहान स्थानिय Nightcliff Parkrun मा सहभागी सम्पुर्ण धावकहरुलाई पोखरा अन्तराष्ट्रीय म्याराथन बारे आफ्नो अनुभव सुनाउदै आगमी बर्ष हुने म्याराथनमा सहभागीहुन अनुरोध गरे। सोही अवसर भुतपुर्व खेलाडी मन्चका आजीवन सदस्य दशमी गुरुंगले Nightcliff Parkrun का Event Director – Karen Strong लाई पोखरा म्याराथन लेगो अंकित टोपी टीसर्ट र झण्डा उपहार दिदै पोखरा अन्तराष्ट्रीय म्याराथन २०२४ मा सहभागी हुन निमनत्रणा दिए।

गुरुगं दाम्पती दुवै Nightcliff Parkrun मा नियमित धावक हुन र उल्लेखनीय रुपमा स्वयमसेवकको काम पनि गरिरहेकाछन। दुवैजना पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागि भई कर्मथलो डार्विन मा भर्खरै फर्केका हुन। भु पु खेलाडि मन्च नेपालले यसै बर्षबाट गुरुगंलाई अष्ट्रेलिय संयोजकको जिम्मा दिएको हो।

 

यस पटक छोटो समय भएपनि केहि आर्थिक सहयोग जुटाउन सकेको र करीब १० जना धावकहरुको सहभागिता गराउन सकेको र अब अर्को बर्षको लागि अहिले बाटै प्रचार प्रसार र संयोजनमा लाग्न थालेकोले धेरै ठुलो सहभागिता हुने कुरामा चन्द्र प्रकाश गुरुगं ढुक्क छन।

अष्ट्रेलियाबाट यस पटक NRNA Australia को तर्फबाट
ने रु ५००००/- र Team Nepal Darwin का सदस्यहरुबाट संकलित ने रु ५१०००/- आर्थिक सहयोग भएको थियो भने पोखरा समाज सिडनी बाट पनि ने रु २५०००/- सहयोग भएको थियो।
नेपाल भुतपुर्व खेलाडि मन्चले एक कार्यक्रमको आयोजना गरी बिदेशबाट सहयोग गर्नेहरुलाई प्रशंसा पत्र सहित धन्यबाद दिदै बिदाई गरेका थिए।

पोखरा र सिंगों नेपाललाई नै खेलकुद मर्फथ बिश्वमा चिनाउन सक्ने यस प्रतियोगिताले पर्यटन बिकासमा पनि ठुलो भुमिका खेल्दछ। Purakhabar भुपु खेलाडि मंचको यस अन्तराष्ट्रीय म्याराथन प्रतियोगिताको अनवरत संफलताको कामना गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP